बंगलादेशसँग बिजुली निर्यातसम्बन्धी सम्झौतामा हस्ताक्षर

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८१ आश्विन १७, बिहिबार (६ महिना अघि)
  • ८१ पटक पढिएको
बंगलादेशसँग बिजुली निर्यातसम्बन्धी सम्झौतामा हस्ताक्षर

असाेज १७, काठमाण्डाैँ ।    नेपालले भारतपछि बंगलादेशमा ४० मेगावाट विद्युत् बिक्रीका लागि बहुप्रतिक्षीत त्रिपक्षीय सम्झौता गरेको छ। बिहीबार यहाँ आयोजित विशेष समारोहमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, बंगलादेशको बंगलादेश पावर डेभलपमेन्ट बोर्डका अध्यक्ष मोहमद रिजाउल करिम र भारतको ‘नोडल एजेन्सी’ एनभिभिएनका प्रमुख कार्यकारी अधिकृत रेणु नाराङले हस्ताक्षर गरे।

समारोहमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का, बंगलादेशको वन, वातावरण, जलवायु परिवर्तन तथा जलस्रोतमन्त्री सैयदा रिजवाना हसनको उपस्थिति थियो। यस्तै, सो अवसरमा दुवै देशका उच्च सरकारी अधिकारीको समेत उपस्थिति थियो।

प्राधिकरणले भारतीय एजेन्सी एनभिभिएनलाई बिजुली उपलब्ध गराउनेछ। सो कम्पनीले भारतीय संरचना प्रयोग गरेर बिजुली बंगलादेश पुर्‍याउनेछ। नेपाल र भारतबिचको पहिलो अन्तरदेशीय प्रसारण लाइन हुँदै विद्युत् निर्यात गर्न लागिएको हो।

ताजा अपडेट

खोजी गर्नुहोस