फूलपातीका दिन काठमाण्डौ–भैरहवा उड्ने न्यारोबडीको सबै टिकट बिक्री

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८१ आश्विन २२, मंगलबार (६ महिना अघि)
  • १०३ पटक पढिएको
फूलपातीका दिन काठमाण्डौ–भैरहवा उड्ने न्यारोबडीको सबै टिकट बिक्री

असोज २२,भैरहवा । नेपाल वायु सेवा निगम (नेपाल एअरलाइन्स)को न्यारोबडी जहाजले आउँदो बुधवार फूलपातीका दिन काठमाण्डौ–भैरहवा गर्ने उडानका सबै टिकट बिक्री भएका छन् ।

हिजो बेलुका यात्रुको चाप बुझ्नका लागि एक घण्टा टिकट बुकिङ खुलाएकोमा ७० वटा बिक्री भएको र आज बिहान सबै १ सय ५८ वटै टिकट बिक्री भएको वायु सेवा निगमका सहायक प्रवक्ता मनोजकुमार साहले उज्यालोलाई जानकारी दिएका छन् । काठमाण्डौ–भैरहवा उडानमा यात्रुको चाप थेगिनसक्नुको रहेको पनि उनले बताएका छन् ।

अन्तर्राष्ट्रिय उडानलाई असर नपर्नेगरी काठमाण्डौ–भैरहवा अर्को पनि उडान गर्ने तयारी थालिएको सहायका प्रवक्ता साहले जानकारी दिएका छन् । तर अझै टुङ्गो भने लागेको छैन । अर्को उडान हुने÷नहुने विषय बेलुकासम्म टुङ्गो लाग्ने निगमले जनाएको छ ।

सडक खराब हुँदा धेरै मानिस हवाई यात्रा गर्न बाध्य छन् । तर हवाईजहाजको टिकट पनि नपाएको र धेरै महँगो भएको गुनासोलाई केही हदसम्म सम्बोधन गर्न नेपाल एअरलाइन्सले विदेशमा उडान गर्दै आएको एक सय ५८ सिटको न्यारोबडी जहाजमार्फत भैरहवामा एउटा उडान गर्न लागेको हो ।

फूलपातीका दिन काठमाण्डौबाट जहाज ११ बजे भैरहवाका लागि उड्नेछ । साढे १२ बजे काठमाण्डौ फर्किनेछ । काठमाण्डौबाट भैरहवाको लागि भाडादर ७ हजार रुपैयाँ रहेको छ भने भैरहवाबाट काठमाण्डौको भाडा ३८ सय ९० रुपैयाँ रहेको निगमले जनाएको छ । फर्किँदाको टिकट भने धेरै विक्रि नभएको पनि साहले जानकारी दिए ।

ताजा अपडेट

खोजी गर्नुहोस