डा.डीआर उपाध्यालाई सातौं मानार्थ विद्यावारिधिको प्रमाणपत्र प्रदान

  • अनलाइन केन्द्र
  • / समाचार /
  • २०८१ आश्विन २३, बुधबार (६ महिना अघि)
  • १४५ पटक पढिएको
डा.डीआर उपाध्यालाई सातौं मानार्थ विद्यावारिधिको प्रमाणपत्र प्रदान

असोज २३,काठमाडौ । विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्यायलाई सातौं मानार्थ विद्यावारिधिको प्रमाणपत्र अर्पण गरिएको छ । भारतको जयपुरमा भएको एक विशेष समारोहमा इटलीको कुनेओ युनिभर्सिटीले उहाँलाई विद्यावारिधिको प्रमाणपत्र प्रदान गरेको हो ।

डा. उपाध्यायले गीत र साहित्यमा पुर्‍याएको योगदानको मूल्यांकन गर्दै उक्त विद्यावारिधिको प्रमाणपत्र प्रदान गरिएको आयोजकले जनाएको छ । सो समारोहमा अन्य विशिष्ट व्यक्तित्वलाई पनि मानार्थ विद्यावारिधिको प्रमाणपत्र प्रदान गरिएको थियो ।

डा.उपाध्यायले सन् २०० मा विधावारिधि गरिसक्नु भएको छ । डा.उपाध्यायलाई अमेरिकालगायत अन्य विश्व विद्यालयले यसअघि ६ वटा मानार्थ विद्यावारिधिको प्रमाणपत्र प्रदान गरेका छन् ।

डा.उपाध्यायले गीत संगीत र विविध विधामा १५३ विश्व कीर्तिमान कायम गरेका छन् । यस्तै, उनका एक दर्जन बढी उपन्यास, तीन गीति पुस्तक र ३६ एल्बम सार्वजनिक भएका छन् । दुई सय पचासको हाराहारीमा गीत सार्वजनिक गरेको उपाध्यायका सयौं गीतका भिडियो पनि सार्वजनिक छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस