‘द म्यान फ्रम काठमाडौं’, ‘जानी नजानी’ र ‘पुरानो बुलेट’मा कसले मार्ला बाजी ?

  • अनलाइन केन्द्र
  • / मनोरञ्जन /
  • २०७५ चैत्र १, शुक्रबार (६ साल अघि)
  • १५ पटक पढिएको
Post Thumbnail

चैत १, काठमाडौँ । काठमाडौं । फ्राइडे रिलिज अन्तरगत आज शुक्रबार तीन वटा नेपाली चलचित्र रिलिज हुँदैछन् । ‘द म्यान फ्रम काठमाडौं’, ‘जानी नजानी’ र ‘पुरानो बुलेट’ एकै दिन मैदान प्रवेश गरेका हुन् ।

‘द म्यान फ्रम काठमाडौं’लाई पेमा धोन्डुपले निर्देशन गरेका छन् । नेपाली र अंग्रेजी भाषामा निर्माण गरिएको यो अपेक्षित चलचित्र हो । यो चलचित्रले नेपाली चलचित्रको विदेशी बजार खोलिदिने भनेर प्रचार गरिएको छ ।

विग बजेटमा निर्माण गरिएको भनिएको यो चलचित्रमा नोपलीसँगै हलिउड र बलिउडका कलाकार पनि समेटिएको छ । कर्मा शाक्य, आना शर्मा, बलिउड अभिनेता गुल्सर ग्रोवर, हलिउड कलाकार ग्रोसेको अभिनय छ । यस्तै यो चलचित्रमा पाकिस्तानी कलाकार अमिद शेखको पनि अभिनय देख्न पाइने छ । ओरिकामा बस्ने नेपालीको नेपाली संस्कृतिप्रतीको मोह चलचित्रको मुख्य कथानक हो । चलचित्रको प्रचारका लागि बलिउड अभिनेता गुल्सर ग्रोवर नेपाल आइसकेका छन् ।

यता, बसन्त अधिकारीले निर्देशन गरेको चलचित्र ‘जानी नजानी’ कर्पोरेट प्रेम कहानी बोकेको चलचित्र भनेर प्रचार गरिएको छ । यसमा ढाकाको ब्यबसायलाई माध्यम बनाएर प्रेम कहानी बुनिएको छ ।

स्टारडमले चलचित्र चल्दैन भन्ने निर्देशक अधिकारीले मनिष श्रेष्ठ, सन्नी सिंह, निरिशा बस्नेत, नम्रता श्रेष्ठ, प्रकाश अधिकारी, रोशनी केसी, कृष्णभक्त महर्जन लगायत कलाकारको अभिनय छ ।

भिषण राईले निर्देशन गरेको चलचित्र ‘पुरानो बुलेट’ पनि आजै रिलिज भएको छ । चलचित्रमा अनुपविक्रम शाही, वर्षा शिवाकोटी, माला लिम्वू लगायत कलाकार मुख्य भूमिकामा छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस