कुलमान घिसिङलाई स्पष्टीकरण सोधियो

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०८१ आश्विन २३, बुधबार (६ महिना अघि)
  • ८४ पटक पढिएको
कुलमान घिसिङलाई स्पष्टीकरण सोधियो

असोज २३,काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई स्पष्टीकरण सोधेको छ । मन्त्रालयले घिसिङसँग विगत चार वर्षमा प्राधिकरणबाट भए गरेका सबै काम, सहमति सम्झौता, कर्मचारी र वित्तीय विवरण मागेको छ ।

उर्जामन्त्री मन्त्री दीपक खड्काले कार्यकारी निर्देशक घिसिङलाई पत्र काट्दै १५ दिनभित्र सोधिएका प्रश्नको जवाफ माग गरेका हुन् । मंगलबार कार्यकारी निर्देशक घिसिङलाई मन्त्रालयले पत्र पठाउँदै १५ दिनभित्र लिखित जवाफ दिन भनेको मन्त्रालय स्रोतले जनाएको छ ।

जसमा प्राधिकरणका कर्मचारी सेवा, शर्तसम्बन्धी विनियामावली,आर्थिक प्रशासन विनियामवली र सोसँग विगत चार वर्ष अवधिमा सञ्चालक समितिले गरेका विभिन्न मितिका निर्णयहरुको विवरण मागिएको उल्लेख छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस