यस्तो छ बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८१ आश्विन २४, बिहिबार (६ महिना अघि)
  • ८२ पटक पढिएको
यस्तो छ बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर

असाेज २४, काठमाडौं। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ५ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ६५ पैसा कायम भएको छ।

युरोपियन युरो एकको खरिददर एक सय ४६ रुपैयाँ ९५ पैसा र बिक्रीदर एक सय ४७ रुपैयाँ ६१ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर एक सय ७५ रुपैयाँ ४४ पैसा र बिक्रीदर एक सय ७६ रुपैयाँ २२ पैसा, स्वीस फ्रयांक एकको खरिददर एक सय ५६ रुपैयाँ ४१ पैसा र बिक्रीदर एक सय ५७ रुपैयाँ २२ पैसा कायम गरिएको छ।

अष्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ २८ पैसा र बिक्रीदर ९० रुपैयाँ ६८ पैसा, क्यानेडियन डलर एकको खरिददर ९८ रुपैयाँ ३ पैसा र बिक्रीदर ९८ रुपैयाँ ४७ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय दुई रुपैयाँ ७८ पैसा र बिक्रीदर एक सय ३ रुपैयाँ २४ पैसा निर्धारण गरिएको छ।

ताजा अपडेट

खोजी गर्नुहोस