माछापुच्छ्रे बैंकले संचालनमा ल्यायो M-Card सेवा

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८१ आश्विन २४, बिहिबार (६ महिना अघि)
  • ९७ पटक पढिएको
माछापुच्छ्रे बैंकले संचालनमा ल्यायो M-Card सेवा

असोज २४,काठमाडौँ । डिजिटल बैकिङ क्षेत्रमा समय सापेक्ष नवीनतम् प्रविधीमैत्री उपकरण संचालनमा ल्याउन सदैव उत्साहित तथा क्रियासिल रहेको माछापुच्छ्रे बैंकले हाल आफ्ना ग्राहकहरुलाई नौलो अनुभव दिन (M-Card) को सुविधा सगौरव संचालनमा ल्याएको छ । यस  (M-Card) सेवा मार्फत बैंकका ग्राहक महानुभावहरुले आफ्नो छनौटमा स्वयं आफ्नो, आफन्तजन तथा प्रियजनहरुको तस्बिर वा अन्य विविध प्रकृतिका तस्बीरहरु जस्तै विभिन्न मन पर्ने स्थानहरु, प्राकृतिक÷धार्मिक÷ऐतिहासिक सम्पदाहरु, कला तथा संस्कृति झल्किने चित्रहरु आदि आकृतिहरु अकिंत गरी संबन्धित ग्राहकले भिसा कार्डलाई पर्सनलाइज्ड गर्न सक्नेछन् । साथै कार्डमार्फत कार्डधारकले पर्सनलाइज्ड कार्डमा अंकित तस्बिरप्रतिको प्रेमभाव, सम्मान तथा आस्था दर्शाउन उत्तम माध्यमको रुपमा आत्मसात गर्न सक्ने छन् । (M-Card) सेवाले कार्डप्रयोगकर्तालाई पृथक अनुभुति जगाउने र नौलोपनको आभास दिलाउने छ । बैंकले हाल यो (M-Card) लाई भिसा डेबिड कार्डको रुपमा प्रस्तुत गरेको भएता पनि भविश्यमा क्रेडिट कार्ड समेतमा लागु गर्ने बैंकको योजना रहेको छ । बैंकको २४ औँ वार्षिकोत्सवको अवसरमा हालै यो (M-Card) जारी गर्दा ग्राहकलाई जारी शुल्कमा विशेष छुटको व्यवस्था गरेको छ ।

“हाम्रा ग्राहकहरुलाई नविन तथा व्यक्ति अनुकुलित बैकिङ्ग समाधानहरु प्रदान गर्न प्रतिबद्ध छौं”, माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले भने “(M-Card) सेवाको शुभारम्भले भिसा कार्डको सुविधा तथा सुरक्षा अनुभव यथावत राख्दै हाम्रा ग्राहकहरुलाई आफ्नो व्यक्तित्व तथा व्यक्तिगत रुची अभिरुचीहरु पर्सनलाइज्ड कार्डमार्फत प्रकट गर्ने अवसर प्रदान गर्नेछ” ।

माछापुच्छ्रे बैंक ग्राहक केन्द्रित डिजिटल सेवा विस्तार गर्न निरन्तर अग्रसर छ र ग्राहकहरुको बैकिङ्ग अनुभवलाई थप उत्कृष्ट बनाउन बैकले (M-Card) सेवामार्फत अर्को एक कदम अघि सारेको छ । (M-Card) सेवा मार्फत कार्डलाई पर्सनलाइज्ड गर्नको लागि https://www.machbank.com/online-services लिंकमा जानुहोस् र आफ्नो कम्प्यूटर वा मोबाइलबाट आफुलाई मन परेको तस्बीर अपलोड गरि सहजरुपले कार्ड पर्सनलाइज्ड गरि आफुले रोजेको यस बैंकको जुनसुकै शाखामार्फत प्राप्त  गर्न सकिन्छ  ।
(M-Card) सेवाबारे थप जानकारीको लागि कृपया बैंकको वेभसाइट https://mcard.machbank.com/ मा जानुहोस् वा बैंकको ग्राहक सेवा केन्द्र ०१५९७०५५५ मा सम्पर्क गर्न सकिन्छ।

ताजा अपडेट

खोजी गर्नुहोस