प्रधानमन्त्रीले सीधै सेना परिचालनको सिफारिस गर्न सक्ने

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७५ चैत्र १, शुक्रबार (५ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

चैत १, काठमाडौँ । गम्भीर राष्ट्रिय संकट उत्पन्न भए प्रधानमन्त्रीले सीधै सेना परिचालनको सिफारिस गर्न सक्ने प्रावधानसहितको विद्येयक संसद्मा पुगेको छ । असहज अवस्थामा तत्काल बैठक बस्न सम्भव नभए प्रधानमन्त्रीले सोझै राष्ट्रपतिसमक्ष सेना परिचालनको सिफारिस गर्न सक्ने व्यवस्था विद्येयकमा छ ।

राष्ट्रिय सुरक्षा परिषद्सम्बन्धी प्रस्तावित विद्येयकमा प्रधानमन्त्री एवं परिषद्को अध्यक्षलाई त्यस्तो अधिकार प्रत्यायोजन गरिएको हो ।

राष्ट्रिय सुरक्षा परिषद्को काम, कर्तव्य र अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विद्येयक’ मा राष्ट्रिय संकट उत्पन्न भए वा तत्काल सेना परिचालन नगरे त्यस्तो संकट आउने देखिए र तत्काल सुरक्षा परिषद्को बैठक सम्भव नभए अध्यक्षले सेना परिचालनको सिफारिस गर्न सक्ने उल्लेख छ ।

ताजा अपडेट

खोजी गर्नुहोस