असाेज २६, काठमाडौं I राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमी दिन आज सर्वसाधारणलाई टीका तथा जमरा लगाइदिने भएका छन् ।
उनले आज राष्ट्रपति भवन शीतल निवासमा दिउँसो साढे ३ बजेदेखि साँझ ५ बजेसम्म इच्छुक सर्वसाधारणलाई टीका तथा जमरा लगाइदिने कार्यक्रम रहेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
विजया दशमीका उपलक्ष्यमा राष्ट्रपतिले आजै दिउँसो ३ देखि ३ः३० बजेसम्म अतिविशिष्ट र विशिष्ट व्यक्तित्वलाई टीका र जमरा लगाइनदिने कार्यक्रम छ ।