प्रधानमन्त्री ओलीद्वारा विजयादशमीको टीका ग्रहण

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०८१ आश्विन २६, शनिबार (६ महिना अघि)
  • ७६ पटक पढिएको
प्रधानमन्त्री ओलीद्वारा विजयादशमीको टीका ग्रहण

असोज २६,काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले विजयादशमीको टीका ग्रहण गरेका छन् । उनले आज बुबा मोहनप्रसाद ओलीको हातबाट टीका ग्रहण गरेका हुन् ।

साथै प्रधानमन्त्री ओलीले श्रीमति राधिका शाक्य तथा अन्य परिवाजनलाई पनि टीका लगाइदएको उनको सचिवाललये जनाएको छ । यसपछि प्रधानमन्त्री ओलीले राष्ट्रपति रामचन्द्र पौडेलको हातबाट टीका ग्रहण गर्ने कार्यक्रम रहेको छ ।

यसपटक बाढी, पहिरो, डुबान लगायतका प्राकृतिक विपद्का कारण प्रधानमन्त्री ओलीले सर्वसाधणलाई टीका लगाइदिने कार्यक्रम भने नरहेको सचिवालयले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस