धरानमा उपप्रमुख हुँदाहुँदै वडा अध्यक्षलाई कार्यवाहक मेयर !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ आश्विन २९, मंगलबार (६ महिना अघि)
  • १४९ पटक पढिएको
धरानमा उपप्रमुख हुँदाहुँदै वडा अध्यक्षलाई कार्यवाहक मेयर !

असोज २९,धरान । धरान उपमहानगरपालिकाको नगरप्रमुख हर्क साम्पाङले आज (मंगलबार) बाट वडा अध्यक्षलाई कार्यवाहक मेयरको जिम्मेवारी दिएका छन् ।

१७ अक्टोबरमा बेलायत जान लागेका साम्पाङले उपप्रमुख हुँदाहुँदै वडा नम्बर ११ का अध्यक्ष लोकेन्द्र कुमार फागुलाई कार्यवाहक मेयरको जिम्मेवारी दिएका हुन् ।

आफू नफर्किउन्जेल साम्पाङले २३ असोजमा वडाअध्यक्ष लोकन्द्र कुमार फागुलाई पत्र पठाउँदै असोज २८ गतेदेखि बेलायतबाट नफर्किएसम्मका लागि कामकाज गर्नेगरी कार्यवाहक जिम्मेवारी निर्वाह गर्न भनेका छन् । हर्क साम्पाङ नोभेम्बर २ तारिखमा बेलायतबाट नेपाल फर्कने छन् ।

उनले वडाध्यक्षलाई कामको जिम्मेवारी नै बुँदागत रुपमा तोकेरै पत्र दिएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस