तीव्ररुपमा फैलिँदै डेंगु संक्रमण, देशभर १९ हजार संक्रमित

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ आश्विन ३०, बुधबार (६ महिना अघि)
  • ६६ पटक पढिएको
तीव्ररुपमा फैलिँदै डेंगु संक्रमण, देशभर १९ हजार संक्रमित

असाेज ३०, काठमाडौं। देशभर डेंगु संक्रमण तीव्ररुपमा फैलिरहेको छ। ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को पछिल्लो तथ्यांक अनुसार डेंगु संक्रमितको संख्या १९ हजार पाँच ९९ पुगेको छ। डेंगु संक्रमणबाट हालसम्म नौ जनाले ज्यान गुमाइसकेका छन्।

डेंगु संक्रमण मुलुकका ७६ जिल्लासम्म फैलिएको महाशाखाले जनाएको छ। डेंगु संक्रमण सबैभन्दा बढी काठमाडौंमा फैलिएको छ। काठमाडौंमा डेंगु संक्रमणबाट हालसम्म तीन हजार एक सय तीन जना प्रभावित बनेका छन्।

यस्तै कास्कीमा दुई हजार आठ सय ४७ जनामा डेंगु संक्रमण देखिएको छ। यस्तै तनहुँमा दुई हजार एक सय सात, पर्वतमा एक हजार पाँच सय ६२, चितवनमा नौ सय ७१, ललितपुरमा आठ सय २७, गोरखामा ५ सय ८८, बाग्लुङमा छ सय १०, भक्तपुरमा तीन सय ५५ तथा स्याङ्जामा तीन सय ३५ जनामा डेंगु संक्रमण पुष्टि भइसकेको महाशाखाले जनाएको छ।

ताजा अपडेट

खोजी गर्नुहोस