सरकार परिवर्तनको हल्ला निराधार हो : प्रधानमन्त्री ओली

  • अनलाइन केन्द्र
  • / नेकपा एमाले /
  • २०८१ आश्विन ३०, बुधबार (६ महिना अघि)
  • १८३ पटक पढिएको
सरकार परिवर्तनको हल्ला निराधार हो : प्रधानमन्त्री ओली

असाेज ३०, काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार परिवर्तनको हल्ला निराधार भएको बताएका छन् । ६९औँ प्रहरी दिवसका अवसरमा बुधबार प्रहरी मुख्यालय नक्सालमा आयोजित विशेष समारोहमा प्रधानमन्त्री ओलीले दसैँपछि सरकार परिवर्तन हुने हल्ला निराधार भएको भन्दै अहिलेको गठबन्धनको सरकार पूरै अवधि चल्ने दाबी गरे ।

ठूलो योगदान र इतिहास बोकेका नेपाली कांग्रेस र एमाले मिलेर अहिलेको बनेको दुईतिहाइको सरकार खरानीको डल्लो नभएको उनको भनाइ छ । प्रधानमन्त्री ओलीले देशलाई परिवर्तन गर्नका लागि ठूला दल मिलेर सरकार बनेको स्पष्ट पारे ।

आफूले एक वर्ष नौ महिना नेतृत्व गरेर कांग्रेस सभापति शेरबहादुर देउवालाई सत्ता हस्तान्तरण गर्ने उनको भनाइ छ । प्रधानमन्त्री ओलीले आगामी आम निर्वाचन कांग्रेस सभापति देउवाको नेतृत्वमा हुने समेत बताए । उनले अहिलेको संविधान र अहिलेको प्रणालीको रक्षा गर्दै जनताको अधिकारलाई सुदृढ बनाइने जिकिर गरे ।

उनले प्रहरीसम्बन्धी कानून छिट्टै पारित गर्ने र प्रहरीमा नयाँ दिनको उदय हुने दाबी गरे ।

ताजा अपडेट

खोजी गर्नुहोस