चैत १, काठमाडौँ । आलिया भट नयाँ पुस्ताकी सफल अभिनेत्री मध्येकी एक हुन् । उनी शुक्रबार आफ्नो २६ औँ जन्मदिन मनाइरहेकी छन् । उनले २०१२ मा आएको चलचित्र स्टुडेन्ट अफ द ईयरमार्फत आफ्नो करियरको सुरुवात गरेकी थिइन् ।
उनले चाइल्ड एक्टर (बाल कलाकार) का रुपमा पनि काम गरेकी थिइन् ।
स्टुडेन्ट अफ द इयरको अडिसन हुँदा आलिया १७ वर्षकी थिइन् । एक रिपोर्टका अनुसार आलिया स्कूल कै डे«समा अढिसन दिन पुगेकी थिइन् । झण्डै पाँच सय युवतीलाई पछि पार्दै आलिया छनौटमा परेकी थिइन् ।
यो चलचित्र बाक्स अफिसमा हिट सावित भएपछि आलियाको चर्चा चुलिएको थियो । यसमा वरुण धवन र सिद्धार्थ मल्होत्राले पनि अहम भूमिका निभाएका थिए ।