कार्तिक महिनामा १० बाणिज्य बैंकले घटाए ब्याज दर, अब कुन बैंकमा कति पाइन्छ ब्याज ?

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८१ कार्तिक १, बिहिबार (६ महिना अघि)
  • १३३ पटक पढिएको
कार्तिक महिनामा १० बाणिज्य बैंकले घटाए ब्याज दर, अब कुन बैंकमा कति पाइन्छ ब्याज ?

असाेज ३०, काठमाडौँ / वाणिज्य बैंकहरूले कार्तिक महिनाको लागि पनि ब्याज दर घटाएको छ । चाडपर्वको समयमा पनि बैंक तथा वित्तीय संस्थाबाट अपेक्षित कर्जा माग नहुँदा बाणिज्य बैंकहरूले ब्याज दर घटाएका हुन् ।

कर्जा लगानी बढ्न नसकेपछि कार्तिक महिनाका लागि कुनै पनि बैंकहरूले ब्याज दर बढाएका छैनन् । आगामी महिनाका लागि अघिल्लो महिनाको मसान्तसम्म ब्याज दर प्रकाशन गरिसक्नुपर्ने व्यवस्था बमोजिम सबै बैंकहरूले कात्तिक महिनाको ब्याजदर सार्वजनिक गरेका छन् ।

हाल सञ्चालनमा रहेका २० ओटा वाणिज्य बैंकहरूमध्ये कार्तिक महिनामा १० बैंकहरूले ब्याज दर घटाएका छन् भने १० ओटाले स्थिर राखेका छन् । १० ओटा बैंकले ब्याज दर घटाएसँगै मुद्दती निक्षेपको औसत ब्याज दर समेत घटेको छ ।

असोजको लागि वाणिज्य बैंकहरूले मुद्दती निक्षेपमा औसत ६.३९८ प्रतिशत ब्याज दर दिइरहेकोमा अहिले घटेको हो ।बैंकहरूले कात्तिकका लागि प्रस्ताव गरेको औसत ब्याज दर ६.१८७ प्रतिशत छ ।

यस्तो खातामा ९ वाणिज्य बैंकहरूले असोज महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् भने सानिमा बैंकले ब्याज दर बढाएको छ ।

व्यक्तिगत मुद्दती निक्षेपमा असोज महिनाको तुलनामा सिटिजन्स बैंक र हिमालयन बैंकले सबैभन्दा बढी ब्याज दर घटाएको छ ।

कार्तिक महिनामा व्यक्तिगत मुद्दती निक्षेपमा सबैभन्दा बढी ब्याज माछापुच्छ्रे बैंकले दिने भएको छ भने सबैभन्दा कम ब्याज सिटिजन्स बैंकले दिने भएको छ । नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम बैंकहरू एकै प्रकारको खातामा दुई प्रतिशत विन्दुसम्मको अन्तर राख्न पाइन्छ ।

त्यस्तै, बचत खाताको न्यूनतम र मुद्दती खाताको अधिकतम ब्याजदर पनि पाँच प्रतिशत विन्दुभन्दा धेरै हुन नहुने केन्द्रीय बैंकको निर्देशन छ । रेमिट्यान्स निक्षेपका हकमा भने १ प्रतिशत विन्दुले थप ब्याज दिनसक्ने व्यवस्था छ ।

ताजा अपडेट

खोजी गर्नुहोस