कार्तिक १, काठमाडौँ । कालिमाटी फलफूल तथा तरकारी बजारमा घिउसिमी र हरियो धनियाको भाउ बढेको छ । आज घिउसिमी ११० रुपियाँले बढेर प्रतिकिलो २३५ रुपियाँ कायम भएको छ । हिजो १२५ मा किनबेच भएको थियो ।
त्यस्तै, हिजो १७६ रुपियाँमा कारोबार भएको हरियो धनियाँ आज एकैचोटि २५० रुपियाँ पुगेको छ । यो किलोमा ७४ रुपियाँ महँगो भएको हो । कालिमाटीमा बिहीबार ठूलो गोलभेंडा १३५, बन्दा ५५, प्याज १०२, भन्टा ५५, मटरकोशा १९०, करेला ७५, चिचिन्डो २५ र कुरिलो प्रतिकिलो ५०० रुपियाँमा कारोबार भइरहेको छ ।