कात्तिक २,काठमाडौँ । अमेरिकाले क्रिकेटर सन्दीप लामिछानेलाई भिसा दिएको छ ।
उनी आजै बेलुका अमेरिका प्रस्थान गर्ने नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ ।
लामिछानेलाई यसअघि अमेरिकाले भिषा नदिदा उनले अमेरिकामा भएका प्रतियोगिता खेल्न पाएका थिएनन् ।
नेपाली टोली हाल आइसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत तस्रो श्रृंखला खेल्न अमेरिका भ्रमणमा छ । अमेरिकामा लिग–२ प्रतियोगिता अक्टोबर २५ बाट सुरु हुँदैछ ।