सहकारी ठगी प्रकरण

रविलाई आजै पक्राउ गर्दै सिआइबी, पार्टी मुख्यालयमा कार्यकर्ताको भिड

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०८१ कार्तिक २, शुक्रबार (६ महिना अघि)
  • ८७ पटक पढिएको
रविलाई आजै पक्राउ गर्दै सिआइबी, पार्टी मुख्यालयमा कार्यकर्ताको भिड

कात्तिक २,काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पार्टी कार्यालय बनस्थलीमा प्रहरीको बाक्लो उपस्थिति छ ।

रास्वपा सभापति रवि लामिछानेलाई सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि पक्राउ गर्न प्रहरीले अदालतबाट अनुमति लिएसँगै पार्टी कार्यालयमा कार्यकर्ताको भिड लागेको हो । त्यहीबीचमा रास्वपा कार्यालय वरिपरि प्रहरीको पनि बाक्लो उपस्थिति छ ।

‘पछिल्लो परिस्थिति हेरेर उत्पन्न हुनसक्ने परिस्थितिलाई नियन्त्रणमा लिन पनि प्रहरी टोली खटाएका हौं’, प्रहरीका एक उच्च अधिकृतले भने, ‘पोशाकमा खटिएको टोली उहाँलाई पक्राउ गर्नभन्दा पनि तनाव नहोस् भनेर सुरक्षार्थ गएको हो ।’

सत्तारुढ नेकपा एमालेका सांसद् सूर्य थापाको नेतृत्वमा सहकारी समस्याबारे छानबिन गर्न १५ जेठमा बनेको संसदीय विशेष समितिले लामिछानेलाई कारबाही गर्न सिफारिस गरेको थियो । प्रतिवेदनलाई कार्यान्वयन गर्ने मन्त्रिपरिषद्को निर्णयसँगै कास्की प्रहरीले यो मामलामा अनुसन्धान अघि बढाएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस