असार ५,काठमाडौँ । कप्तान ह्यारी केनले अन्तिममा हेडमार्फत उत्कृष्ट गोल गर्दै इंग्ल्याण्डलाई जिताएका छन् । विश्वकप फुटबल अन्तरगत समुह चरणको पहिलो खेलमा इंग्ल्याण्ड र ट्युनिसियाबिचको खेलमा कनले दुुई गोल गरे ।
११ औं मिनेटमा केनको गोलमा इंग्ल्याण्डले अग्रता लिएपनि ३४ औं मिनेटमा पेनाल्टि मार्फत गोल गर्दै ट्युुनिसिया खेलमा फर्किएको थियो । खेलको अन्तिमसम्म १–१ को बराबरीमा रोकेको ट्युनिसियालाई अतिरिक्त समयमा केनले निराश बनाए । ट्युनिसियाका लागि ३४ औं मिनेटमा पेनाल्टी मार्फत ससीले गोल गरे ।
समूूह जी मा इंग्ल्याण्ड र बेल्जियमको ३÷३ अंक भएको छ । यसअघि बेल्जियमले पानामालाई ३–० ले पराजित गरेको थियो ।