सुनचाँदी

सुनको भाउ नयाँ किर्तिमान बनाउँदै एक लाख ६५ हजार पुग्यो, चाँदी दुई हजार नाघ्यो !

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८१ कार्तिक ४, आईतबार (६ महिना अघि)
  • ५१ पटक पढिएको
सुनको भाउ नयाँ किर्तिमान बनाउँदै एक लाख ६५ हजार पुग्यो, चाँदी दुई हजार नाघ्यो !

कार्तिक ४, काठमाण्डौँ । सुनको भाउले नयाँ किर्तिमान कायम गरेको छ । पछिल्लो समय लगातार उकालो लागि रहेको सुनको भाउ अहिलेसम्मको उच्च तोलाको १ लाख ६५ हजार रुपैयाँ पुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा ६ सयले बढेर अहिलेसम्मकै महँगो एक लाख ६५ हजार पुगेको हो । यस अघि शुक्रबार सुन तोलाको एक लाख ६४ हजार ४सय मा कारोबार भएको थियो । आज चाँदीको मूल्य पनि बढेको छ।आज चाँदी प्रतितोला ९५ रुपैयाँले बढेर २ हजार ७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

#सुनचाँदी

ताजा अपडेट

खोजी गर्नुहोस