कार्तिक ५, काठमाडौँ । पार्टी सभापति रवि लामिछानेलाई पक्राउ गरेको विरोधमा रास्वपाले सोमबार पनि कास्कीमा प्रदर्शन गरेको छ ।
राजनीतिक प्रतिशोधका आधारमा लामिछानेलाई पक्राउ गरेको भन्दै रास्वपाले सोमबार पोखराको पृथ्वीचोकमा प्रदर्शन गरेको हो । प्रदर्शनमा सहभागीहरुले सहकारी पीडितलाई न्याय दे, माफियाहरुलाई कारवाही गर, भ्रष्ट सरकार मुर्दावाद लगाएतका नारा लगाएका थिए ।