सभापति पक्राउको विरोधमा रास्वपाको विरोध आज पनि जारी रहने

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०८१ कार्तिक ७, बुधबार (५ महिना अघि)
  • ९७ पटक पढिएको
सभापति पक्राउको विरोधमा रास्वपाको विरोध आज पनि जारी रहने

कार्तिक ७, काठमाण्डौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले पार्टी सभापति रवि लामिछाने पक्राउको विरोधमा आज पनि विरोध प्रदर्शन जारी राख्ने भएको छ ।
पार्टीले आज दिउँसो १२ः३० बजे पोखराको सृजना चोकमा भेला भएर विरोध प्रदर्शनमा सहभागीता जनाउन आफ्ना कार्यकर्ता र समर्थकहरूलाई आग्रह गरेको छ ।

पोखरा लगायत देशैभरिका जनताहरूले देखाएको राजनीतिक प्रतिशोधविरुद्धको ऐक्यबद्धताका लागि आभार व्यक्त गर्दै पार्टीले अन्यायविरुद्धको लडाईमा आज पनि सहभागी भइदिन आग्रह गरेको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस