कार्तिक ७, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको १०० दिन पूरा भएको अवसरमा आज दिउँसो ३ बजे विशेष सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।
सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले सरकारले १०० दिनमा हासिल गरेका उपलब्धि, सुरु गरिएका महत्वपूर्ण कार्यक्रम तथा प्रगतिबारे जानकारी गराउने बताइएको छ । प्रधानमन्त्री ओली अहिले बालुवाटारस्थित आफ्नो सरकारी निवासमा सत्तारुढ गठबन्धनका नेताहरूसँग छलफलमा व्यस्त रहेका छन् ।