जल, जमीन र जङ्गल समृद्धिका आधार हुन् : अर्थमन्त्री ढुङ्गेल

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७५ चैत्र २, शनिबार (६ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

चैत २, सिन्धुली । प्रदेश नं ३ का आर्थिक मामला तथा योजनामन्त्री कैलाश ढुङ्गेलले जल, जमीन र जङ्गल प्रदेशको समृद्धिको आधार रहेको बताएका छन् ।

सिन्धुलीको कमलामाई नगरपालिका–४ ढुङ्ग्रेबसमा सिन्धुली हेभी इक्वीपमेन्टको दोस्रो साधारणसभाको शनिबार उद्घाटन गर्दै मन्त्री ढुङ्गेलले भूमिको व्यवस्थापन, पानीको सही सदुपयोग र जङ्गलको व्यवस्थापन र प्रयोग नै समृद्धिको आधार भएको बताए।

कृषिलाई व्यवसायीकरण गर्न प्रदेश सरकारले जमीनमा लगानी गरेको र कृषिमा प्रदेश सरकारले आवश्यक बजेट छुट्याएको बताउँदै अर्थमन्त्री ढुङ्गेलले प्रदेशमा रहेका पर्यटकीय स्थलको विकास गर्न प्रदेश सरकार क्रियाशील छ भने। विगतको तुलनामा गाउँदेखि शहरसम्म विकासको लहर चलेको र धेरै बजेट गाउँगाउँसम्म पुगेको छ भन्दै उनले भने, “गाउँगाउँमा अहिले प्रदेश सरकारले बजेट छुट्याएको छ ।”

उनले कृषि, जमीन, जङ्गल, पानी, सडक तथा पर्यटन क्षेत्रको विकास र विस्तारबिना समृद्धि नआउने भएकाले त्यहीअनुरुप प्रदेश सरकारले अभियान बनाएका अभियानमा लाग्न आग्रह गर्दै यसबाट ‘सुखी नेपाली र समृद्ध नेपाल’को लक्ष्यलाई पूरा गर्न सकिने धारणा राखे। रासस

ताजा अपडेट

खोजी गर्नुहोस