कार्तिक ७, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा अराजकता र अवाञ्छित क्रियाकलाप स्वीकार्य नहुने बताएका छन् । सत्तारुढ गठबन्धनमा रहेका दलहरूको आज बालुवाटारमा बसेको बैठकमा ओलीले लोकतन्त्रका लागि लडेका राजनीतिक दलहरूले अराजकता स्वीकार्न नसक्ने चेतावनी दिए ।
प्रधानमन्त्री ओलीको सचिवालयका अनुसार बैठकमा प्रधानमन्त्रीले लोकतन्त्रप्रतिको प्रतिबद्धतामा कमी नआउने बताएका थिए । उनले सत्ता समीकरणमा रहेका दलहरू एकता र एकढिक्का भएर प्रस्तुत हुनुपर्नेमा जोड दिँदै लोकतान्त्रिक पद्धति, मूल्य र मान्यताप्रति आफूहरू प्रतिबद्ध रहेको स्पष्ट गर्दै राष्ट्रिय सद्भाव र हितको रक्षाका प्रश्नमा कुनै सम्झौता नहुने बताएका थिए ।