कात्तिक ८,खोटाङ । खोटाङको साकेला गाउँपालिका–४ को वडाध्यक्ष अमेरिका पलायन भएका छन् । वडाध्यक्ष अर्जुनकुमार कटवाल अमेरिका पयलायन भएपछि वडा कार्यालय ९ महिनादेखि बन्द छ । वडाध्यक्ष कटवाल नेपाल नफर्किएपछि स्थानीयले वडा कार्यालयमा ताल्चा लगाएका छन् ।
वडाध्यक्ष कटवाल नफर्केपछि मात्तिमका पूर्ववडाध्यक्ष कृष्णप्रसाद भट्टराईको संयोजकत्वमा गठित सर्वपक्षीय समितिले तत्काल समस्या समाधान गर्न माग गर्दै तालाबन्दी गरेको हो । गत साउन २१ गते पूर्ववडाध्यक्ष भट्टराईको संयोजकत्वमा गठन भएको समितिले वडाध्यक्ष कटवाललाई १५ दिनभित्र उपस्थित हुन अल्टिमेटम दिएको थियो ।
तर वडाध्यक्ष कटवाल नफर्केपछि बाध्य भएर तालाबन्दी गरिएको पूर्ववडाध्यक्ष भट्टराईले बताए । यस सम्बन्धमा जिल्ला निर्वाचन आयोगको कार्यालय, गाउँ कार्यपालिका र जिल्ला समन्वय समितिलाई जानकारी गराइएको उनले बताए ।
वडाध्यक्ष कटवाल स्थानीय निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र०बाट निर्वाचित भएका थिए ।