सुनचाँदी

सुनचाँदीको मूल्य घट्यो, तोलाको कतिमा हुँदैछ कारोवार ?

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८१ कार्तिक ८, बिहिबार (५ महिना अघि)
  • ९० पटक पढिएको
सुनचाँदीको मूल्य घट्यो, तोलाको कतिमा हुँदैछ कारोवार ?

कार्तिक ८, काठमाण्डौँ । पछिल्ला केही दिन लगातार बढेको सुनको मूल्य आज भने घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन तोलाको ७ सयले घटेर तोलाको एक लाख ६६ हजार पुगेको छ ।

यसअघि बुधवार सुन तोलाको एक लाख ६६ हजार ७ सयमा कारोबार भएर अहिलेसम्मकै उच्च मूल्य कायम भएको थियो । त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रतितोला ४० रुपैयाँले घटेर २०९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

#सुनचाँदी

ताजा अपडेट

खोजी गर्नुहोस