रवि लामिछानेलाई थप ७ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ कार्तिक ८, बिहिबार (५ महिना अघि)
  • ८३ पटक पढिएको
रवि लामिछानेलाई थप ७ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

कार्तिक ८, काठमाण्डौँ । सहकारीमा बचतकर्ताको रकम ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेलाई थप सात दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।

कास्की जिल्ला अदालतले रास्वपाका सभापति रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न अनुमति दिएको हो । न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले लामिछानेलाई थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको अदालतका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिएका छन् ।

अदालतले यसअघि दिएको ६ दिनको म्याद आज सकिएसँगै प्रहरीले म्याद थपका लागि अदालतमा उपस्थित गराएको थियो । सूर्यदर्शन सहकारीको रकम हिनामिना प्रकरणमा पक्राउ परेका लामिछाने र पूर्वडीआईजी तथा रविकै तत्कालीन साझेदार छविलाल जोशीलाई समेत आज प्रहरीले म्याद थपका लागि अदालतमा उपस्थित गराएको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस