कार्तिक ८, वीरगञ्ज । विश्व पोलियो दिवसको अवसरमा वीरगञ्जमा जनचेतना फैलाउने उद्देश्यले विशेष कार्यक्रम सम्पन्न गरिएको छ ।
वीरगञ्जको नारायणी अस्पतालबाट सुरु भएको जनचेतनामूलक र्याली वीरगञ्जको मुख्य चोक घण्टाघरमा पुगेर कोणसभामा परिणत भएको थियो । कार्यक्रमको आयोजना रोटरी क्लब अफ वीरगञ्ज र रोटरी क्लब अफ मेट्रोपोलिसले संयुक्त रूपमा गरेका थिए ।
जनचेतनामूलक र्यालीमा वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंह, वीरगञ्ज स्थित भारतीय महावाणिज्य दूतावासका महावाणिज्यदूत देवीसहाय मीणा, पर्साका प्रहरी प्रमुख प्रहरी उपरीक्षक कुमोध ढुङ्गेल, वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष अनिल कुमार अग्रवाल, उपाध्यक्ष माधव राजपाल लगायत सरकारी तथा गैरसरकारी सङ्घ(संस्थाका प्रतिनिधिहरू, विद्यालयका विद्यार्थीहरू, सुरक्षाकर्मीहरू, र सञ्चारकर्मीहरूको व्यापक सहभागिता रहेको थियो ।
घण्टाघरमा आयोजित कोणसभामा प्रमुख राजेशमान सिंहले पोलियो उन्मूलनमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूले खेलेको भूमिकाको प्रशंसा गर्दै, स्थानीय सरकारको तर्फबाट आवश्यक सहयोग सदैव उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे। कार्यक्रमका प्रमुख वक्ता वरिष्ठ फिजिसियन डा। नीरज सिंहले पोलियो रोगको खतराबारे जानकारी दिँदै यसका लक्षण, रोकथाम, र उपचारका उपायहरूको चर्चा गरे ।
कार्यक्रमको मुख्य आकर्षण भनेको वीरगञ्जको लालबंगला क्षेत्रमा बनाइएको मानव साङ्लो थियो ।इण्ड पोलियो अर्थात् पोलियो उन्मूलन गरौँ भन्ने सन्देशसहित मानव साङ्लो प्रदर्शन गरिएको थियो। रोटरी क्लब अफ वीरगञ्ज मेट्रोपोलोसका अध्यक्ष अनिल जैसवालका अनुसार, नेपालमा पोलियो उन्मूलन भए पनि यसको पुनः सङ्क्रमणको जोखिम कायमै रहेको भन्दै जनचेतना जगाउन यस्तो कार्यक्रमको आयोजना गरिएको हो ।
साँझ ६ बजे वीरगञ्जको घण्टाघरमा दीप प्रज्वलन कार्यक्रमको पनि आयोजना हुने जानकारी अध्यक्ष जैसवालले दिएका छन्।
म्ष्उग
म्ष्उग प्गmबच द्यबचलबधब
ि
दिपु वर्णवाल मधेस प्रदेशका संवाददाता हुन् । उनि सामाजिक तथा राजनीतिक विषयमा कलम चलाउछन् ।