स्वस्तिमाको ‘बोल्ड डिसिजन’

  • अनलाइन केन्द्र
  • / मनोरञ्जन /
  • २०७५ चैत्र ३, आईतबार (६ साल अघि)
  • १५ पटक पढिएको
Post Thumbnail

चैत ३, काठमाडौँ । डेब्यु फिल्म होस्टेल रिटन्र्सबाट सम्भावना बोकेकी अभिनेत्रीमा दरिइन्, स्वस्तिमा खड्का।

सुन्दरतासँगै अभिनयले दर्शक मोहित भए। नयाँ फिल्मबाट भटाभट प्रस्ताव आउन थाले।

त्यही बेला स्वस्तिमाले बोल्ड निर्णण गरिन्, निर्देशक÷अभिनेता निश्चल बस्नेतको दुलही बन्ने।

प्रायः हिरोइन करिअरबाट किनारा लागेपछि बिहे रोज्छन्। सफलता चुमिरहँदा बिहे गर्नेहरु पनि छन्। तर धेरैजसो त्यसपछि हराउँछन्।

त्यसैले नजिकका शुभचिन्तकले स्वस्तिमालाई बिहे नगर्न सुझाए। करियर सकिन्छ भन्ने भय देखाए।

त्यतिबेला १९ वर्ष पुग्दै थिइन्। हतारिनुपर्ने केही थिएन। तर मायाँ बसेपछि कसको के लाग्छ? स्वस्तिमाले बिहे गरि छाडिन्। यो खबर आजको नेपाल साप्ताहिकमा गोकर्ण गौतमले लेखेका छन्।

ती पल सम्झिँदै स्वस्तिमा भन्छिन् ‘मलाई आफ्नो अभिनय क्षमता र लगावमा विश्वास थियो, त्यसैले बिहे बाधक बन्दैन भन्नेमा निश्चिन्त थिएँ।’

आखिर भयो पनि त्यस्तै। स्वस्तिमा अभिनित लगभव आधा दर्जन सिनेमा प्रदर्शन भए। अधिकांशबाट सकारात्मक प्रतिक्रिया पाइन्। र, यतिबेला बुलबुलबाट चर्चाको अग्रभागमा छिन्।

उनकै शव्दमा, बुलबुलले नसोचेको सुखानुभूति गराएको छ। हो पनि यो फिल्म हेरेकाहरु रणकला बनेकी स्वस्तिमाको अभिनयबाट फिदा भए।

ताजा अपडेट

खोजी गर्नुहोस