डेंगु सङ्क्रमित

देशभर डेंगु सङ्क्रमितको सङ्ख्या २७ हजार नाघ्यो, ११ जनाको मृत्यु

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ कार्तिक १२, सोमबार (५ महिना अघि)
  • ७५ पटक पढिएको
देशभर डेंगु सङ्क्रमितको सङ्ख्या २७ हजार नाघ्यो, ११ जनाको मृत्यु

कार्तिक १२, काठमाडौँ । देशभर दैनिक डेंगु संक्रमितको सङ्ख्या बढ्दै गइरहेको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार जनवरीदेखि २५ अक्टोबरसम्म २७ हजार १५३ जनामा डेंगु सङ्क्रमण भएको छ ।
डेंगीबाट संक्रमित हालसम्म सबैभन्दा धेरै कास्कीका छन् । कास्कीमा सात हजार ८० जनामा सङ्क्रमण पुष्टि भएको ईडीसीडीको तथ्यांक छ ।

त्यसपछि काठमाडौंमा चार हजार ६० जनामा डेंगी संक्रमण पुष्टि भएको छ । अहिलेसम्म डेंगु संक्रमणबाट ११ जनाको मृत्यु भएको छ भने यो वर्ष हुम्ला बाहेकका ७६ जिल्लामा डेंगु फैलिएको ईडीसीडीले जनाएको छ ।

#डेंगु सङ्क्रमित

ताजा अपडेट

खोजी गर्नुहोस