अलैँचीको मूल्यमा केही सुधार : प्रतिमन ९० हजार रुपैयाँमा किनबेच !

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८१ कार्तिक १२, सोमबार (५ महिना अघि)
  • ८० पटक पढिएको
अलैँचीको मूल्यमा केही सुधार : प्रतिमन ९० हजार रुपैयाँमा किनबेच !

|Women are seen picking Alaichi in himali region of Lamjung district, on Monday, October 9, 2017. Photo: RSS

कार्तिक १२, काठमाण्डौँ । सङ्खुवासभामा लगातार ओरालो लागेको अलैँचीको मूल्यमा केही सुधार आएको छ । अलैँचीको मूल्य प्रतिमन अर्थात् ४० किलोको ९० हजार रुपैयाँ पुगेको छ । झन्डै १० वर्षअघि प्रतिमन एक लाख २० हजार रुपैयाँसम्म कारोबार हुँदै आएको अलैँचीको मूल्य घटेर प्रतिमन २५ हजार रुपैयाँसम्म झरेको थियो ।

अलैँची व्यवसायी महासङ्घ सङ्खुवासभाका अध्यक्ष कुमार श्रेष्ठले अहिले अलैँचीको मूल्य प्रतिमन ९० हजार रुपैयाँ रहेको जानकारी दिए । पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा नेपाली अलैँचीको माग बढेसँगै मूल्य बढेको हो । उत्पादन कम र माग बढी भएका कारण अलैँचीको मूल्य बढेको अध्यक्ष श्रेष्ठले बताए ।

 

 

ताजा अपडेट

खोजी गर्नुहोस