प्रलेस धादिङमा नयाँ नेतृत्व

  • अनलाइन केन्द्र
  • / साहित्य /
  • २०७५ चैत्र ३, आईतबार (६ साल अघि)
  • १६ पटक पढिएको
Post Thumbnail

चैत ३, काठमाडौँ । प्रगतिशिल लेखक सङ्घ, धादिङको प्रथम जिल्ला अधिवेशनले रमेश अधिकारीको नेतृत्वमा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

शनिबार धादिङबेँसीमा सम्पन्न अधिवेशनले तदर्थ समितिका संयोजक अधिकारीको नेतृत्वमा सर्वसम्मत कार्यसमिति निर्वाचित गरेको हो ।

समितिको उपाध्यक्षमा केशव दुवाडी, सचिवमा विष्णुप्रसाद कोइराला, कोषाध्यक्षमा सिर्जना अर्याल र सदस्यमा शैलेन्द्र अधिकारी, सञ्जय देवकोटा, प्रकाश सापकोटा, भुवन थापा, इच्छुक अनिच्छुक, गोविन्द बुढाथोकी, गायत्री खतिवडा, हरि सुनार र सरस्वती पाण्डे रहेका छन् ।

वामपन्थी लेखकको साझा मोर्चा प्रलेस यही चैतको तेस्रो साता ११ औँ राष्ट्रिय सम्मेलनको तयारीमा जुटेको छ ।

सङ्घका केन्द्रीय सचिव प्रकाश सिलवालको उपस्थितिमा सम्पन्न अधिवेशनको बन्दसत्रले जिल्लाको प्रगतिशील साहित्यिक आन्दोलन र गतिविधिलाई थप क्रियाशील तुल्याउन जोड दिएको छ ।

सचिव सिलवालले प्रगतिशील लेखकले सामन्तवाद र साम्रज्यवाद विरोधी संस्कृतिका विरुद्ध लेखन र कर्मका माध्यमबाट सामाजिक रुपान्तरणका तथा कम्युनिष्ट एकताका लागि भूमिका निर्वाह गर्नुपर्ने बताए।

शाखाको सल्लाहकारमा उत्तम कँडेल, शालिकराम अर्याल, नवराज छतकुली र राधिका सापकोटालाई चयन गरिएको अध्यक्ष अधिकारीले जानकारी दिए ।

ताजा अपडेट

खोजी गर्नुहोस