आरविवि मर्चेन्ट बैँकिङ्गको आयोजनामा वित्तीय सचेतनामूलक कार्यक्रम

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८१ कार्तिक १४, बुधबार (५ महिना अघि)
  • ३८ पटक पढिएको
आरविवि मर्चेन्ट बैँकिङ्गको आयोजनामा वित्तीय सचेतनामूलक कार्यक्रम

कात्तिक १४,काठमाडौँ । धितोपत्र बजार तथा वस्तु विनिमय बजार सम्वन्धी देशव्यापीरुपमा शिक्षा तथा सचेतना अभिबृद्धि गरी लगानीकर्ता सशक्तिकरण गर्ने उद्देश्यले नेपाल धितोपत्र बोर्डले विश्व लगानीकर्ता सप्ताह कात्तिक ६ गते देखि १२ गते सम्म देशभरी विभिन्न कार्यक्रम आयोजना गरी मनाएको छ । यही अवसरमा आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेडले २०८१ साल कात्तिक ११ गते श्रीराम नारायण अयोध्या उच्च मा.वि, पिपरा, महोत्तरी मा प्लस २ तहमा अध्यनरत विधार्थीहरु तथा शिक्षक÷ शिक्षिकाहरुको लागि वित्तीय शिक्षा अभिबृद्धिको लागि सचेतनामूलक कार्यक्रम आयोजना गरि सफलतापूर्वक सम्पन्न गरेको छ ।

उक्त सचेतनामूलक कार्यक्रममा राष्ट्रिय वाणिज्य बैंक लिमिटेड पिपरा शाखाका प्रमुख सन्तोष कुमार ठाकुर र शाखाका कर्मचारी भगवान चौधरी तथा राम नारायण अयोध्या उच्च मा.विका अध्यक्ष लक्ष्मण मण्डल, सहायक प्रधानाध्यापक सुजय कुमार राय लगायत अध्यनरत विधार्थीहरु तथा शिक्षक÷शिक्षिकाहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेडको तर्फबाट कम्पनीको प्रमुख कार्यकारी अधिकृत बद्रि प्रसाद प्याकुरेल, बरिष्ठ प्रबन्धक अजय घिमिरे र अधिकृत राम नारायण तिवारीले कार्यक्रम संचालन गरेका थिए । साथै, छलफलमा उठेका प्रश्नहरुको जवाफ अजय घिमिरे तथा राम नारायण तिवारीले दिएका थिए । सोे अवसरमा आयोजित यस कार्यक्रमले पूँजीबजार सम्बन्धी शिक्षा तथा सचेतना अभिबृद्धि गर्नेछ र सहभागीहरुले शेयर लगानी सम्बन्धि ज्ञान हासिल गरि लाभान्वित हुनेछन् भन्ने विश्वास गरिएको छ । आरविवि मर्चेन्ट बैकिङ्ग लिमिटेड राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको शत् प्रतीशत् लगानीमा स्थापित संस्था हो ।

ताजा अपडेट

खोजी गर्नुहोस