म्यानचेस्टर सिटी एफ ए कपको सेमिफाइनलमा

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७५ चैत्र ३, आईतबार (६ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

चैत ३, काठमाडौँ । म्यानचेस्टर सिटी एफ ए कपको सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार राति भएको क्वार्टरफाइनलमा स्वान्सी सिटीलाई तीन दुई गोलले हराउँदै सिटीले अन्तिम चारमा स्थान बनायो । त्यसो त सिटीले दुई गोलले पछि परेको अवस्थामा खेल उल्ट्याएको हो ।

खेलको २० औं मिनेटमा ग्रिमेसले पेनाल्टीमार्फत गोल गर्दै स्वान्सीलाई अग्रता दिलाए । त्यसको नौ मिनेटमा फेरि स्वान्सीले अर्को गोल थप्यो । यसपटक सिलिनाले टिमका लागि गोल गर्दै दुई शून्यले अगाडि राखे ।

पहिलो हाफमा नै दुई गोलले पछि परेको सिटीले दोस्रो हाफमा उत्कृष्ट कमब्याक गर्न सफल भयो । ६९ औं मिनेटमा बर्नान्डो सिल्भाले गोल गर्दै अन्तर कम गरेका थिए भने ७८ औं मिनेटमा सिटीले उपहार गोलका कारण खेल बराबरी गर्न सफल भयो ।

स्वान्सीका नोर्डफेल्डले आफ्नै पोष्टमा गोल गर्न पुगे । निकै रोमाञ्चक अवस्थामा पुगेको खेलको ८८ औं मिनेटमा सर्जियो अगुइरोले गोल गर्दै सिटीलाई अन्तिम चारमा पुर्याए ।

ताजा अपडेट

खोजी गर्नुहोस