कात्तिक १८,काठमाडौँ । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंह इजिप्टको कायरो प्रस्थान गरेका छन । नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज बिहान ८ बजे उनी वल्र्ड अर्बान फोरमको कार्यक्रममा सहभागी हुन इजिप्टको कायरो प्रस्थान गरेका हुन् ।
विश्वका एक सय ५० भन्दा बढी देशको सहभागिता रहने कार्यक्रममा अन्य देशबाट सहरी विकाससँग सम्बन्धित मन्त्रीहरू सहभागी हुनेछन् । नेपालबाट उपप्रधानमन्त्रीसमेत रहेका सिंहको उपस्थिति रहने मन्त्रालयले जनाएको छ ।
सहरी विकासका बारे विश्व सम्मेलनमा उपप्रधानमन्त्री सिंहले तीनवटा सत्रलाई सम्बोधन गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । सो क्रममा उहाँले नेपालले बस्ती विकासका क्रममा भोगेका समस्या, जलवायु परिवर्तनका कारण भोगिरहेको समस्या र बस्ती विकासमा नेपालले हासिल गरेको उपलब्धिबारे संसारको ध्यानाकर्षण गराउनुहुने कार्यतालिका रहेको मन्त्रालयले जनाएको छ ।
यही नोभेम्बर ४ देखि ८ तारिखसम्म कायरोमा वल्र्ड अर्बान फोरमको कार्यक्रम हुँदैछ ।