काठमाडौँ महानगरभित्रका पेट्रोल पम्प हटाउन अध्ययन सुरु

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७५ चैत्र ३, आईतबार (६ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

चैत ३, काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सहरी क्षेत्रका साँघुरो स्थानमा रहेका पेट्रोल पम्प हटाउन अध्ययन थालेको छ । सुरक्षाका दृष्टिकोणले मानवीय क्षति हुन सक्ने, भीडभाड तथा सवारी जाम गरिरहेका पम्पहरुलाई हटाउन यस्तो अध्ययन थालिएको हो ।

हाल सञ्चालनमा रहेका पम्पको अवस्था पहिचार गर्न महानगरपालिकाले अध्ययन समिति बनाएर काम थालेको समितिका संयोजक एवं महानगरपालिका सहरी सुव्यवस्थापन विभागका प्रमुख हरि कुँवरले जानकारी दिए ।

समितिमा नेपाल आयल निगम, महानगरीय ट्राफिक प्रहरी महाशाखा, सडक विभागलगायतका निकायको प्रतिनिधि छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस