महोत्तरीको जलेश्वरमा छठका लागि भारतबाट ५० लाखका केरा आयात

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८१ कार्तिक २१, बुधबार (५ महिना अघि)
  • ६१ पटक पढिएको
महोत्तरीको जलेश्वरमा छठका लागि भारतबाट ५० लाखका केरा आयात

कार्तिक २१, काठमाण्डौँ । महोत्तरीको जलेश्वरमा छठपर्वमा बिक्री गर्ने उद्देश्यले व्यवसायीले भारतबाट ५० लाख रुपैयाँ बराबरका केरा भित्र्याएका छन् ।
आज जलेश्वरमा लाग्ने अन्तिम हाटबजारमा ५० लाख रुपैयाँको केरा ल्याइएको व्यवसायी गणेश साहले बताए । पहिलेपहिले २०–२५ लाखसम्मको केरा ल्याइने गरिएकामा यस वर्ष ५० लाखको केरा ल्याइएको अर्का व्यवसायी उत्तिम साहले बताए ।

जलेश्वरमा केरा व्यवसाय गर्दै आएका पाँच–सातजना व्यापारीले सामूहिक रूपमै यसपालि २५ ट्रक केरा मगाएका छन् । उनीहरूले उक्त ट्रकलाई आपसमा आफूले गरेको लगानीका आधारमा बाँडेर बेच्ने गरेका छन् । विगत वर्षहरूमा १५ देखि २० ट्रकमात्र केरा आउने गरेको जलेश्वरमा यस वर्ष ४० ट्रक केरा भित्रिएको छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस