झिनो अंकले घट्यो शेयरबजार, कारोबार बढ्यो

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८१ कार्तिक २१, बुधबार (५ महिना अघि)
  • ७८ पटक पढिएको
झिनो अंकले घट्यो शेयरबजार, कारोबार बढ्यो

कात्तिक २१,काठमाडौँ । बुधबार सेयर बजारको परिसूचक नेप्से १.८८ अंक घटेको छ । आज घट्नेभन्दा मूल्य बढ्ने कम्पनीको संख्या धेरै छ । १२१ कम्पनीको मूल्य बढ्दा ११७ को घट्यो भने ६ को स्थिर रह्यो ।

औसतमा ठूला पूँजी भएका कम्पनीको मूल्य घटेकाले यस्तो प्रभाव परेको हो । तिहारपछि खुलेका दुई दिन नै बजारमा झिनो गिरावट देखिएको छ । अघिल्लो दिन नेप्से ०.२१ अंक घटेको थियो ।

कारोबार रकम भने केही बढेको छ । अघिल्लो दिन ४ अर्ब २० करोडको कारोबार भएकोमा आज ५ अर्ब २२ करोडको भयो ।

ताजा अपडेट

खोजी गर्नुहोस