अमेरिकी राष्ट्रपति निर्वाचनमा डोनल्ड ट्रम्प विजयी, अब कुनै युद्ध नहुने पहिलो धारणा !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ कार्तिक २१, बुधबार (५ महिना अघि)
  • ९१ पटक पढिएको
अमेरिकी राष्ट्रपति निर्वाचनमा डोनल्ड ट्रम्प विजयी, अब कुनै युद्ध नहुने पहिलो धारणा !

कार्तिक २१, काठमाण्डौँ । अमेरिकी राष्ट्रपति निर्वाचनमा रिपब्लिकन उम्मेदवार डोनल्ड ट्रम्प विजयी भएका छन् ।
ट्रम्पले यसलाई सबैभन्दा ठूलो राजनीतिक क्षण भनेका छन् । विजयपछि ट्रम्पले आफ्नो पहिलो भाषणमा देशका जनतालाई धन्यवाद दिँदै अब युद्ध नहुने बताए। उनले इजरायल र उक्रेनलाई संकेत गर्दै अब युद्ध नहुने बताएका हुन् ।

उनले भने, धन्यवाद अमेरिकी जनतालाई यो अमेरिकी जनताको जित हो । म तपाईंको परिवार र भविष्यका लागि लड्नेछु ।
यो अमेरिकाको ‘स्वर्ण युग’ हो । यो अमेरिकी जनताका लागि ठूलो विजय हो र यसले हामीलाई अमेरिकालाई फेरि महान् बनाउन सक्नेछौँ। यो अमेरिकी इतिहासमा सबैभन्दा ठूलो निर्वाचन हो । हामी अमेरिकाको भविष्यका लागि सँगै काम गर्नेछौं ।

ताजा अपडेट

खोजी गर्नुहोस