सातै प्रदेशका स्टार्टअपहरुको सहभागितामा दुई दिने ‘स्टार्टअप एण्ड आइडिया फेस्ट २०२४’ आयोजना हुदै

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८१ कार्तिक २३, शुक्रबार (५ महिना अघि)
  • ८१ पटक पढिएको
सातै प्रदेशका स्टार्टअपहरुको सहभागितामा दुई दिने ‘स्टार्टअप एण्ड आइडिया फेस्ट २०२४’ आयोजना हुदै

कार्तिक २३, काठमाण्डौँ ।  देशैभरीका डिजिटल स्टार्टअपहरुको सहभागितामा काठमाडौंमा २ दिने स्टार्टअप एण्ड आइडिया फेस्ट कार्यक्रमको आयोजना हुदैछ । लिभिङ विथ आइसिटीले आयोजना गर्ने यस प्रर्दशनीमा सयभन्दा बढि स्टर्टाअप र इन्नोभेसनहरुको प्रदर्शनी रहने छ । यहि कार्तिक २९ र ३० गते काठमाडौं बत्तिसपुतली स्थित अनुपम फुडल्याण्डमा आयोजना हुने कार्यक्रममा ठुलो संख्यामा डिजिटल स्टार्टअप र इन्नोभेसनहरुको सहभागिता रहनेछ ।

आइसिटी अवार्ड २०२४ को प्रि(इभेन्टको रुपमा आयोजना हुने उक्त कार्यक्रममा द स्क्वाइड अफ चेन्जमेकर र इन्जिनियरर्स भ्लग्सको सहकार्य रहेको छ । यस फेस्टमा आइसिटी अवार्ड २०२४ को प्रतिस्प्रधाबाट छानिएका उत्कृष्ट १२ स्टार्टअप, प्रडक्ट र इन्नोभेसनहरुले समेत फेस्टमा आफ्ना आइडिया र प्रडक्टहरुको शोकेस गर्नेछन । यसैगरी आयोजकले सातै प्रदेशबाट छनौट गरेर ल्याएका ३० बढि स्टार्टअपहरुको पनि यस कार्यक्रममा सहभागिता रहनेछ । यसैगरी सह आयोजक स्क्वाइड अफ चेन्जमेकरले स्टिम क्याम्प, रकेट साइन्स र गेमहरु सञ्चालन गर्नेछ भने इन्जिनियर भ्लग्सले रोबोट प्रतिस्प्रधा गराउनेछ ।

स्टार्टअप एण्ड आइडिया फेस्ट नेपालमै केहि नयाँ काम गरिरहेका स्टार्टअप, विद्यार्थी र इन्नोभेटरहरुलाई प्रवद्धन गर्न आयोजना गरिएको आयाजक समितिका अध्यक्ष राजन लम्सालले बताए । यस कार्यक्रम मार्फत सरकार, इकोसिस्टम विकासमा योगदान दिने सस्था र सरोकारवालासँगै लगानी र सहयोग गर्न चाहनेहरुलाई सहकार्यको लागि आयोजकले आब्ह्वान गरेको छ । आइडिया र प्रडक्टमा लगानी गर्न इच्छुक भिसीहरुको लागि फेस्टमा नेटवर्किङको व्यवस्था पनि गरिने आयोजक लिभिङ विथ आइसिटीले जानकारी दिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस