चैत्र ४,काठमाडौँ । राजधानीस्थित कलंकीमा रहेको सर्वदृष्टि बचत तथा ऋण सहकारी सँस्थाको सातौँ वार्षिक साधारणसभा बाट बाँकी कार्यकालको लागि नयाँ पदाधिकारीहरु चयन गरिएको छ । सहकारीको कामलाई थप चुस्त दुरुस्त बनाई सर्वप्रिय बनाउन जगत बहादुर गुरुङ (जगत लामा) को अध्यक्षतामा सात सदस्यिय सञ्चालक समितीको चयन गरिएको हो ।
समितीको उपाध्यक्षमा अरुणराज उपाध्याय, सचिवमा समिर काफ्ले र कोषाध्यक्षमा समिर पाण्डे चयन भएका छन । यस्तै सदस्यहरुमा सन्तोष कार्की, दिनेश अधिकारी र सालिकराम सुबेदी चयन भएका छन ।
यस्तै लेखा समितीको संयोजकमा बसन्तकुमार श्रेष्ठ चयन भएका छन भने सदस्यहरुमा घनश्याम रिजाल र राज ढुंगाना चयन भएका छन । यसैगरी ऋण उपसमितीको संयोजकमा प्रविण रिजाल चयन भएका छन । सदस्यहरुमा कमला अर्याल र दिनेश कुमार दाहाल चयन भएका छन ।
सहकारीको अधिवेशन आगामी वर्ष हुनेछ । साधारणसभा बाट पुँजी वृद्धी, सँस्था विस्तार सँगै कार्यक्षेत्र विस्तार लगायतको विविध विषयमा छलफल भएको छ । साधारण सभामा सहकारीका पदाधिकारी लगायत लगानीकर्ताको उपस्थित रहेको थियो ।