हिमालको सुरक्षा भनेकै पृथ्वीको सुरक्षा हो: राष्ट्रपति पौडेल

  • अनलाइन केन्द्र
  • / सुचना /
  • २०८१ कार्तिक २८, बुधबार (५ महिना अघि)
  • ५५ पटक पढिएको
हिमालको सुरक्षा भनेकै पृथ्वीको सुरक्षा हो: राष्ट्रपति पौडेल

|afs' -ch/a}hfg_,@& sflQsM राष्ट्रपति पौडेल–सम्बोधन राष्ट्रपति रामचन्द्र पौडेल अजरबैजानको बाकु सहरमा यही कात्तिक २६ गतेदेखि शुरु भएको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि पक्ष राष्ट्रहरुको २९औँ सम्मेलन (कोप–२९) मा विश्व नेताहरूको उच्च स्तरीय सत्रलाई मङ्गलबार सम्बोधन गर्दै । तस्बिरः धर्मेन्द्र झा/रासस

कात्तिक २८,काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विश्व नेताहरूको उच्चस्तरीय सत्रलाई सम्बोधन गर्दै हिमालको सुरक्षा भनेकै पृथ्वीको सुरक्षा हो भन्ने कुरा ख्याल गर्न विश्व समुदायलाई आह्वान गरेका छन् ।

अजरबैजानको बाकुमा चलिरहेको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि पक्ष राष्ट्रहरुको २९ औँ सम्मेलन (कोप–२९) मा विश्व नेताहरूको उच्च स्तरीय सत्रलाई सम्बोधन गर्दै उनले पर्वतीय देशका सेता हिमाल काला पहाडमा परिणत हुने क्रमले ती देश मात्र होइन तल्लो तटीय देशलाई पनि सङ्कटमा पुर्‍याउँछ भन्ने विश्वले बिर्सन नहुनेमा जोड दिए ।

उनले हिमालदेखि समुद्रसम्मको एकीकृत र समष्टिगत अनुकूलन अवधारणालाई औपचारिक संवादको विषय बनाउनसमेत प्रस्ताव गरे । साथै, नेपालले यसै अवधारणामा आधारित भई सगरमाथा संवाद कार्यक्रम सञ्चालन गर्न लागेको जानकारी गराए ।

राष्ट्रपति पौडेलले आफू जलवायु न्याय र क्षतिपूर्तिको आवाज लिएर यो सम्मेलनमा सहभागी हुन आएको बताउनुभयो । उहाँले भन्नुभयो ‘गोलाबारुदमा खर्च भइरहेको ठूलो स्रोतसाधन जलवायु परिवर्तनका नकारात्मक असर न्यूनीकरण गर्दै मानव सभ्यताको बचाउमा उपयोग हुनुपर्छ ।’ जलवायु परिर्वतनको असरबाट पृथ्वी नै सङ्कटमा रहेको उनले उल्लेख गरे ।

जलवायु वित्त कोषहरूमा घोषणा गरिएको रकम अपुग त छँदैछ, घोषणा गरिएको रकम पनि जम्मा हुन नसक्नु, जम्मा भएको रकम पनि झन्झटिलो प्रक्रियाले गर्दा लक्षित समुदायमा सहज पहुँच हुन नसक्नु दुःखद् भएको उनको भनाइ थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस