चैत ४, काठमाडौँ । काठमाडौंको तारकेश्वरस्थित कुखुरा पोल्ट्रीफार्ममा बर्डफ्लु भएको पुष्टि भएको छ।
तारकेश्वर–७ स्थित बस्नेत टोलका श्यामसुन्दर बस्नेतको सागर पोल्ट्रीफार्म र श्यामकुमार बस्नेतको आकाश पोल्ट्रीफार्मका कुखुरामा बर्डफ्लु भएको पुष्टि भएपछि २८ हजार कुखुरा नष्ट गरिएको नगर पशुशाखा प्रमुख डा. जयप्रकाश राय यादवले जानकारी दिए। यो खबर आजको अन्नपूर्ण पोस्ट दैनिकमा छापिएको छ।
गत वर्ष पनि यहाँ हाँसमा बर्डफ्लु देखिएको थियो।