मैत्रीपूर्ण फुटबलमा अफगानिस्तानलाई नेपालले हरायो

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०८१ मंसिर २, आईतबार (५ महिना अघि)
  • १०० पटक पढिएको
मैत्रीपूर्ण फुटबलमा अफगानिस्तानलाई नेपालले हरायो

मंसिर २,काठमाडौँ । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा नेपालले अफगानिस्तानलाई २–० गोलले हराएको छ । ताजिकिस्तानको दुशान्बेमा भएको खेलमा नेपालका फरवार्ड जिलेस्पी जङ्ग कार्की र रोहित चन्दले एक–एक गोल गरे ।

नेपाल पहिलो खेलमा घरेलु टोली ताजिकिस्तानसँग ४–० गोलले पराजित भएको थियो । नेपालले पछिल्लो दुई फिफा विन्डोमा खेल्न नपाएपछि यसपटक भने खेल्न पाएको थियो ।

अब नेपाली टोलीले सन् २०२५ को मार्चमा एशियन कप छनोटको तेस्रो चरण खेल्नेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस