युक्रेनी राष्ट्रपति जेलेन्स्कीले भने-‘ट्रम्पले पद सम्हालेको केही समयमै रुससँगको युद्ध अन्त्य हुन्छ’

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ मंसिर २, आईतबार (५ महिना अघि)
  • ९९ पटक पढिएको
युक्रेनी राष्ट्रपति जेलेन्स्कीले भने-‘ट्रम्पले पद सम्हालेको केही समयमै रुससँगको युद्ध अन्त्य हुन्छ’

मंसिर २,काठमाडौँ । युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपतिको जिम्मेवारी डोनाल्ड ट्रम्पले सम्हालेपछि चाँडै रुससँगको युद्ध अन्त्य हुनेमा आफू विश्वस्त रहेको बताएका छन् । युक्रेनी रेडियोसँगको कुराकानीमा उनले ह्वाइट हाउसको नेतृत्व गर्ने नयाँ टोलीको नीतिसँगै रुससँगको युद्ध चाँडै समाप्त हुने निश्चित रहेको बताएको बीबीसीले जनाएको छ ।

राष्ट्रपतिमा विजयी भएपछि ट्रम्पसँगको टेलिफोन वार्ताका क्रममा आफूसँग सौहार्दपूर्ण कुरा भएको र युक्रेनको अडान विपरित ट्रम्पले कुरा नगरेको भन्दै उनले कुटनीतिक माध्ययमबाट युद्ध रोक्न तयार रहेको बताएका छन्। राष्ट्रपति जेलेस्कीले युद्धभूमिमा रुसी सेनाले प्रगति गरिरहेको र स्थिति कठिन बन्दै गएको स्वीकार पनि गरेका छन् ।

अमेरिकी राष्ट्रपतिमा निर्वाचित ट्रम्पले आफ्नो प्राथमिकता युद्धको अन्त्य गर्ने र युक्रेनलाई दिँदै आइएको सैन्य सहायता रोक्ने बताउँदै आएका छन्। तर ट्रम्पले युद्धको अन्त्य कसरी हुन्छ भन्नेबारे अझै केही खुलाएका छैनन् ।

ताजा अपडेट

खोजी गर्नुहोस