मंसिर ६, काठमाण्डौँ । नेपाल बीमा प्राधिकरणबाट लघुबीमा व्यवसाय गर्न स्वीकृत प्राप्त क्रेस्ट माइक्रो लाईफ इन्स्योरेन्स लिमिटेडले लघु जीवन बीमाको क्षेत्रमा अग्रणी भूमिका खेल्दै आएको छ । लघु बीमाको लक्षित बर्ग नेपाल राज्यका गरिव, न्यून आय भएका वर्ग, पिछडिएको क्षेत्रका बासिन्दा तथा सीमान्तीकृत समुदायको सारथीको रुपमा छवी बनाउँदै गएको क्रेस्ट माइक्रो लाईफ इन्स्योरेन्सले विविध इच्छा, चाहना सम्वोधन हुने गरी समृद्धी अग्रिम भुक्तानी लघु जीवन बीमा योजना मिति २०८१ मंसिर ०५ गते बुधवार सार्वजनिक गरेको छ ।
समृद्धी अग्रिम भुक्तानी लघु जीवन बीमा योजनामा, बीमा गरे पश्चात नियमित ५÷५ बर्षको अन्तरालमा बीमाङ्क रकमको निश्चित प्रतिशत रकम अग्रिम रुपमा फिर्ता हुँदै जाँने र बीमा अवधि समाप्तीमा बाँकी विमाङ्क रकम र सुनिश्चित थप रकम समेत प्रदान हुनेछ । नियमित अन्तरालमा प्राप्त हुने रकमले व्यक्तिको जीवनकालमा आई पर्ने पढाई खर्च, विवाह, वर्तमन जस्ता धार्मिक, साँस्कृतिक कार्य तथा व्यवसाय सञ्चालन जस्ता विविध कार्यमा आर्थिक सहायता प्रदान गर्ने देखिन्छ ।