निरन्तर बढ्दै छ सुनको भाउ, आज एक हजारले बढ्दै कति पुग्यो तोलाको मूल्य ?

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८१ मंसिर ६, बिहिबार (५ महिना अघि)
  • ५५ पटक पढिएको
निरन्तर बढ्दै छ सुनको भाउ, आज एक हजारले बढ्दै कति पुग्यो तोलाको मूल्य ?

मंसिर ६, काठमाडौँ । स्थानीय बजारमा सुनको मूल्य फेरि निरन्तर उकालो लागिरहेको छ । आज १ हजार रुपैयाँले बढेर प्रतितोला सुनको मूल्य १ लाख ६४ हजार रुपैयाँ पुगेको छ । अघिल्लो दिन बुधबार प्रतितोलामा ९०० रुपैयाँले बढेको थियो । त्यसअघि मंगलबार तोलामा १ हजार १०० रुपैयाँले बढेको थियो ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला सुन १ लाख ६४ हजार रुपैयाँमा कारोबार भइरहेको छ । महासंघका अनुसार आज चाँदीको भाउ भने सामान्य घटेको छ। चाँदी ५ रुपैयाँले घटेर प्रतितोला चाँदी १ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस