सुनको भाउ बढ्यो, आज कतिमा हुदैँछ कारोबार ?

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८१ मंसिर ७, शुक्रबार (४ महिना अघि)
  • ५९ पटक पढिएको
सुनको भाउ बढ्यो, आज कतिमा हुदैँछ कारोबार ?

मंसिर ७, काठमाडौँ । साताको कारोबारको अन्तिम दिन शुक्रबार सुनको मूल्य तोलामा १ हजार ५०० रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार तोलामा १ लाख ६४ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबार बढेर तोलामा १ लाख ६५ हजार ५०० रुपैयाँ पुगेको हो । अघिल्लो दिन पनि सुन तोलामा १ हजार रुपैयाँ बढेको थियो ।

यस्तै आज महासंघका अनुसार चाँदीको मूल्य तोलामा १५ रुपैयाँ बढेर १ हजार ९४० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन चाँदीको मूल्य तोलामा १ हजार ९२५ रुपैयाँ कायम भएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस