तीन जना निर्विरोध भएपछि अब ४१ पदका लागि मात्रै मतदान हुने

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०८१ मंसिर ८, शनिबार (४ महिना अघि)
  • ४४ पटक पढिएको
तीन जना निर्विरोध भएपछि अब ४१ पदका लागि मात्रै मतदान हुने

मंसिर ८,काठमाडौँ । उपनिर्वाचनमा पालिकाका ४४ रिक्त पदमध्ये अब ४१ पदका लागि मात्रै मतदान हुने भएको छ । तीन जना निर्विरोध भइसकेकाले ३३ जिल्लाका ४१ ठाउँमा आउँदो १६ गते मतदान हुन लागेको हो ।

निर्वाचन आयोगका अनुसार ओखलढुङ्गा र कैलालीको जिल्ला समन्वय समिति प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार टेकराज भट्टराई र टीका कुमारी चौधरी (भुल) निर्विरोध निर्वाचित भएका छन् । साथै रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका वडा नम्बर २ को वडा अध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार जगत घर्ती निर्विरोध निर्वाचित भएका हुन् ।

आयोगले सार्वजनिक गरेको अन्तिम नामावलीअनुसार समन्वय समिति, नगरपालिका र गाउँपालिकाको मेयर, उपमेयर तथा अध्यक्ष, उपाध्यक्ष र वडा अध्यक्ष गरी ४१ पदका लागि ३ सय ७६ जना चुनावी मैदानमा कायम भएका छन् । २० राजनीतिक दल र स्वतन्त्र उम्मेदवारसमेत ३ सय ७६ जनाको उम्मेदवारी कायम भएको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस